अर्घाखाँची कांग्रेस महासमिति सदस्यको निर्वाचन कार्तिक १५ गते हुँदै

सन्धिखर्क ।नेपाली कांग्रेस अर्घाखाँचीको बैठक बिपि स्मृति भबन सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकले महासमिति सदस्यको टुङ्गो निर्वाचनबाट लगाउने निर्णय गर्दै कात्तिक १० गते महासमिति सदस्य का लागि मनोनयन दर्ता गर्ने र १५ गते निर्वाचन गर्ने निर्णय गरेको कांग्रेस प्रचार बिभाग प्रमुख सुर्य प्रसाद भुसालले जानकारी दिनुभयो ।सहमतीमा महासमिति सदस्य चयन हुन नसकेपछि निर्वाचन प्रक्रिय अगाडी बढेको जनाएको छ ।

बैठक सभापति केशब श्रेष्ठको सभापतित्व जिल्ला सचिब कृष्णप्रसाद खनालको संचालनमा बसेको बैठकमा छ पालिकाका सभापति हरु प्रदेश सभा क र ख का सभापति प्रतिनिधि,जिल्ला कार्यसमिति का सदस्य हरु पार्टिका पदाधिकारी हरुले बैठकमा भनाई राखेका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close