नेपाली काङ्ग्रेस सन्धिखर्क १२द्वारा सितगङ्गा पहिरो पिडित ४८ घरपरिवारलाई राहत सामाग्री हस्तान्तरण

बिक्रम पाण्डे /अर्घाखाँची
अर्घाखाँची नेपाली काङ्ग्रेस सन्धिखर्क नगरपालिका वडा न -१२ ले शीतगंगा नगरपालिका वडा न १२ स्थित कोठिया मैदानको जोख्ले गैराका पहिरोका कारण विस्थापित ४८ घर परिवारलाई १००,८००( एक लाख आठ हजार बराबर ) को राहत सामाग्री हस्तान्तरण गरिएको छ ।
No description available.
अर्घाखाँची जिल्ला सन्धिखर्क १२ निवासी पुर्व साम्सद एव नेपाली काङ्ग्रेस अर्घाखाँचीबाट प्रतिनिधिसभाका उम्मेदवार डा. राम बहादुर बिसीका भाइ हाल काठमाडौमा बसोबास गर्ने हुम बहादुर बिसी र उहाकी श्रीमती शुसिला बिसीको आर्थिक सहयोग तथा नेपाली काङ्ग्रेस सनपा १२का वडा सभापती लिलाधर बस्याल , सनपा १२ वडा अध्यक्ष एवं तरुण जिल्ला अध्यक्ष नारायण खड्का , शिक्षक बाबुराम पाण्डे , पत्रकार बिक्रम पाण्डे समान्ता , तरुण युवाहरु अनिल बस्याल , प्रमाण बस्याल , निश्चल बस्यालको ब्यबस्थापन तथा सकृयतामा शितगङ्गा पहिरो पिडित ४८ घर परिवारलाई राहत सामाग्री बितरण गरिएको छ ।
No description available.
स्कुल र खुला चौरमा बसेका परिवारलाई नेपाली काङ्ग्रेस सनपा १२ ले उहाँहरुको प्रत्येक्ष सहभागीतामा राहत सामाग्री हस्तान्तरण गरिएको थियो । प्रती परिवारलाई राहत स्वरुप २५ केजी चामल , ३ केजी दाल , २ केजी , १ केजी तेल , र १ केजी सोयाबिन लगायतका सामाग्री बितरण गरिएको हो । राहत सामाग्री प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल , प्रहरी नायब उपरीक्षक माधब बुढाथोकी , अनुसन्धान कार्यालयका प्रमुख बिनय चतुर्बेदी , शितगङ्गा १२ का वडा अध्यक्ष बाबुराम गैरेको रोहवरमा बितरण गरिएको थियो ।
No description available.
राहत सामाग्री हस्तान्तरण कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले गर्नु भएको थियो । कार्यक्रममा आफ्नो भनाई राख्दै प्रजिअ पौडेल आर्थीक सहयोग सहयोग गर्ने सनपा १२ निवासी हाल काठमाडौमा बसोबास गर्ने हुम बहादुर बिसी र शुसिला बिसीलाई धन्यवाद ब्यक्त गर्दै यस दुखको घडीमा पहिरो पिडितहरुलाई सहयोग गर्न अपिल गर्नुभयो ।
No description available.
कार्यक्रममा मन्तव्य राख्दै नेपाली काङ्ग्रेस सनपा १२ वडा सभापती लिलाधर बस्यालले नेपाली काङ्ग्रेस दुखी र पिडितहरुको सहयात्री भएको भन्दै काङ्ग्रेस जस्तोसुकै अप्ठ्यारोमा पनि हातेमालो गर्न तयार रहेको बताउनु भयो । त्यस्तै नेपाल तरुण दल अध्यक्ष नारायण खड्काले तरुण आपत र बिपतमा भएकाहरुलाई सहयोगमा जुट्न भन्दै पिडितहरुको समस्यालाई समाधन गर्ने पक्षमा सधै उभिन अपिल गर्नुभयो । त्यस्तै शितगङ्गा १२ का वडा अध्यक्ष बाबुराम गैरेले सहयोग गर्ने सनपा १२ नेपाली काङ्ग्रेसलाई धन्यवाद दिदै सहयोग कार्यक्रमले पहिरो पिडित परिवारलाई ठूलो राहत मिलेको बताउनु भयो । कार्यक्रमको सन्चालन पत्रकार बिक्रम पाण्डेको सन्चालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close