अर्घाबाट चोरी भएको मुर्ति करिव ५१ वर्षपछि भेटियो

सागर महत,अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ९ मा रहेको पर्यटकीय तथा धार्मिकस्थल अर्घा दरबारबाट करिव ५१ वर्ष अघि चोरी भएको मुर्ती फेला परेको छ । अर्घा भगवती पशुपतिनाथको पञ्चमुख भएको मुर्ती फेला परेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
२०३० साल बैशाख २५ गते चोरी भएको मुर्ती फेला परेको मन्दीर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले बताए।बाइसे–चौविसे राज्यअन्तर्गत पर्ने अर्घा मन्दिर तथा दरवारमा वैदिक विधिपूर्वक पूजाआजा गरी पञ्चेबाजा साथ मूर्ति पुनः प्रतिस्थापन गरिएको उनले बताए।
चोरीको विषयमा हाल सम्म ५० वटा भन्दा बढी मुद्वा दर्ता भएको अध्यक्ष भुसालको भनाइ छ । पुरानो लुम्बिनी अन्चलको बुटवलमा रहेको पुनरावेदन अदालतबाट मुर्ति ल्याएको बताएको छ । मुद्दाको समयमा उक्त मूर्ति अनुसन्धानको सिलसिलामा त्यहाँ लगिएको हुन सक्ने बताएको छ ।

मुर्ती पुनः स्थापना कार्यक्रमा सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल लगातको पनि सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close