गाजामा इजरायली हवाई आक्रमण : मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ६ हजार ५सय नाघ्यो

एजेन्सी ।गाजा पट्टीमा इजरायली हवाई हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ६ हजार ५सय४६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ।यसैबीच तटीय एन्क्लेभमा १७ हजार ४सय३९ प्यालेस्टाइनीहरू घाइते भएको पनि मन्त्रालयले जनाएको छ ।
अक्टोबर ७ मा इजरायली सैन्य क्षेत्र र शहरहरूमा हमासले ठूलो मात्रामा आक्रमण गरेपछि इजरायलमा कम्तिमा १ हजार ४सय व्यक्तिको मृत्यु भएको थियो।
कमेन्ट गर्नुहोस !