भारतीय प्रधानमन्त्री मोदीले पदबाट राजीनामा दिए

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिनुभएको छ। प्रधानमन्त्री मोदीले आज राष्ट्रपति द्रोपदी मुर्मुलाई भेटेर आफ्नो राजीनामा बुझाउनुभएको हो । राष्ट्रपति मुर्मुले प्रधानमन्त्री मोदीले दिएको राजीनामा स्वीकृत गरेको र नयाँ सरकार नबनुन्जेल कार्यबाहक प्रधानमन्त्रीका रुपमा कार्यभार जारी राख्न भनेको भारतीय समाचार माध्यमले जनाएका छन् । लोकसभा निर्वाचनमा मोदीको दल भारतीय जनता दल (भाजपा) स्वयं बहुमत प्राप्त गर्न चुके पनि भाजपा नेतृत्वको एनडीए गठबन्धले भने बहुमत प्राप्त गरेको छ ।

मोदी नै तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने बताइएको छ । लोकसभाका कुल ५ सय ४३ सिट मध्ये भाजपाले २४० सिट जितेको छ भने गठबन्धनले २९३ सिट जितेको छ । यस्तै भारतीय राष्ट्रिय कांग्रेसले ९९ सिटमा जित हात पारेको छ भने कांग्रेस आई नेतृत्वको गठबन्धनले २३१ सिट जितेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close