भारतमा ११ कक्षाकी छात्राले होस्टलमा जन्माइन मृत बच्चा

भारतको छत्तीसगढमा ११ कक्षमा अध्ययनरत एक छात्राले होस्टलमा नै मृत बच्चा जन्माएकी छन् ।

होस्टलमा बस्दै आएकी किशोरीले बच्चा जन्माएपछि त्यहाँका होस्टल वार्नेलाई निलम्बन गरिएको छ । होस्टल वार्डेन हेमलता नागको जानकारीमा नै सो घटना भएपनि उनले झुठ बोलेर लुकाउन खोजेको भन्दै उनलाई निलम्बित गरिएको हो ।

दन्तेवाडाको बताररसमा ११ कक्षामा अध्ययनरत १७ वर्षीया छात्राले छात्राबासमा नै आधा रातमा बच्चा जन्माएकी थिइन् ।

घटनापछि वार्डेनले उनको स्वास्थ्यमा समस्या आएपछि घर पठाएको बताएकी थिइन् । तर पछि जिल्ला अस्पतालको लेबर वार्डमा नै भर्ना गरेको र पछि उनी जानकारी नदिइ त्यहाँबाट बाहिर गएको खुलेको थियो ।

घटना बाहिर आएपछि घटना छानविनका लागि टोली गठन गरिएको छ । किशोरी २ वर्षदेखि आफ्नै गाउँका एक युवासँग प्रेम सम्बन्धमा रहेको पाइएको छ ।

सो घटना सार्वजनिक भएपछि स्थानीय मानिसले होस्टलमा गलत धन्दा हुने भन्दै आन्दोलनको चेतावनी दिएका छन् । –शिलापत्रबाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close