लगातार ४ खेलको हारपछि पाकिस्तानको पहिलो जित, बङ्गलादेश पराजित

काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तानले बङ्गलादेशलाई हराएको छ ।पाकिस्तानले बङ्गलादेशलाई ७ विकेटले हरायो ।बङ्गलादेशले दिएको २ सय ५ रनको मध्यम लक्ष्य पाकिस्तानले ३२ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो ।

यसअघि कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको बङ्गलादेश ४५ ओभर १ बलमा २ सय ४ रनमा अलआउट भयो ।जितसँगै पाकिस्तान ७ खेलमा ६ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । बङ्गलादेश उति नै खेलमा २ अङ्कसहित नवौँ स्थानमा छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close