आईपीएलमा राजस्थानले हैदराबादलाई ५ विकेटले हरायाे

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आइतबार भएको पहिलो खेलमा राजस्थान रोयल्सले रोमाञ्चक जित निकालेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा राजस्थानले सनराइजर्स हैदराबादलाई पाँच विकेटले हराएको हो ।

टस जितेर पहिल] ब्याटिङ गरेको सनराइजर्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ५८ रन बनाएको थियो । उसका लागि कप्तान डेभिड वार्नरले ४८ रन र मनिष पाण्डेले ५४ रन बनाए । बलिङतर्फ राजस्थानका लागि जोफ्रा आर्चर, कार्तिक त्यागी र जयदेव उनादकटले समान एक एक विकेट लिए ।

एक सय ५९ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको राजस्थानले एक बल बाँकी छँदा भेट्यायो । उसका लागि राहुल तेवतियाले ४५ र रियान परागले ४२ रनको नटआउट पारी खेले । बलिङतर्फ खलील अहमद र राशिद खानले समान दुई दुई विकेट लिए ।

यो खेलमा दुई अङ्क बटुल्दै राजस्थान छैटौँ स्थानमा उक्लिएको छ भने सनराइजर्स पाँचौँ स्थानमा छ ।

यसैबीच अहिले दोस्रो खेलमा मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स खेल्दै छन् । यो खेलमा दिल्ली टस जितेर पहिले ब्याटिङ गर्दैछ ।उज्यालो बाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close