नेपाल फुटबल सङ्घ एन्फाले खेलाडीको पीसीआर परीक्षण गर्ने

सबैको सन्देश । नेपाल फुटबल सङ्घ एन्फाले खेलाडीको पीसीआर परीक्षण गर्ने भएको छ । विश्वकप छनोट खेलका लागि अभ्यास थाल्नुपूर्व आउने २३ गते एन्फाले खेलाडीको परीक्षण गर्ने भएको हो । उनीहरुको पाटन अस्पतालमा परीक्षण गरिनेछ ।पहिलो चरणमा उपत्यका बाहिरबाट आएका खेलाडीको परीक्षण हुनेछ । दोस्रो चरणमा काठमाण्डौमा बस्दै आएका तथा विभागीय टिमका खेलाडीको परीक्षण हुनेछ । त्यसका लागि अखिल नेपाल फुटबल सङ्घले ७० वटा परीक्षण गर्ने अनुमति पाइसकेको छ ।
कमेन्ट गर्नुहोस !