भारतमा सवारी दुर्घटना : एक वर्षमा एक लाख ६८ हजारले ज्यान गुमाए

एजेन्सी ।भारतमा गत वर्ष भएका सवारी दुर्घटनामा परी एक लाख ६८ हजार ४९१ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ। एक वर्षमा चार लाख ४३ हजार ३६६ जना घाइते भएका तथ्यांकमा उल्लेख छ।भारतको संघीय सडक यातायात तथा राजमार्ग मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत वर्ष सवारी दुर्घटना र मृत्यु हुनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा क्रमशः ११.९ प्रतिशत र ९.४ प्रतिशतले बढेको छ। घाइते हुनेको सङ्ख्यामा पनि १५.३ प्रतिशतले वृद्धि भएको छ।

सन् २०२२ मा चार लाख ६१ हजार ३१२ वटा दुर्घटना भएका थिए, जसमध्ये एक लाख ५१ हजार ९९७ वटा द्रूतमार्गसहित राष्ट्रिय राजमार्गमा, एक लाख छ हजार ६८२ वटा प्रादेशिक राजमार्गमा र बाँकी दुई लाख दुई हजार ६३३ वटा अन्य सडकमा भएका थिए।‘सन् २०२२ मा १८ देखि ४५ वर्ष उमेर समूहका ६६.५ प्रतिशत युवा पीडित भएका छन्’, प्रतिवेदनमा भनिएको छ।

दुर्घटनाबाट हुने मृत्युको ८३.४ प्रतिशत १८ देखि ६० वर्ष उमेर समूहका छन्। प्रतिवेदनले तीव्र गति, लापरबाहीपूर्वक गाडी हाँक्ने, मादक पदार्थ खाएर सवारी चलाउने र ट्राफिक नियमको पालना नगर्नेजस्ता दुर्घटनाका कारक तत्वलाई सम्बोधन गर्न व्यापक दृष्टिकोण अवलम्बन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ।प्रतिवेदनमा भनिएको छ, ‘हामीले कार्यान्वयन संयन्त्रलाई बलियो बनाउन, चालक शिक्षा र प्रशिक्षण कार्यक्रमहरू बढाउन र सडक तथा सवारीसाधनको अवस्था सुधार गर्न लगानी गर्न महत्त्वपूर्ण छ।

भारतमा अत्यधिक भार, सडकको खराब अवस्था र लापरबाहीपूर्वक गाडी चलाउँदा घातक दुर्घटना हुने गरेको छ। भारत सरकारले सन् २०२४ सम्ममा सवारी दुर्घटनाबाट हुने मृत्युदर ५० प्रतिशतले घटाउने लक्ष्य राखेको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close