भूकम्प अपडेट : रुकुम र जाजरकोटमा मात्रै करिब ५० जनाको मृत्यु

रुकुम । जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म करिब ५० जनाको मृत्यु भएको छ ।स्थानीय प्रहरी अधिकारी र स्थानीय तहका जनप्रतिनिधिहरुका अनुसार अहिलेसम्म यो संख्या पुष्टि भएको हो ।

रुकुम पश्चिमका डीएसपी नमराज भट्टराईका अनुसार रुकुममा मात्र २८ जनाको मृत्यु पुष्टि भएको छ ।जाजरकोटमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहसहित २० जनाको मृत्यु पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले भने, ‘अहिलेसम्म २० जनाको ज्यान गएको खबर प्राप्त भएको छ । बाँकी विवरणहरु पनि आइरहेका छन् ।’

शनिबार बिहान पौने ४ बजेसम्मको विवरणअनुसार सबैभन्दा ठूलो क्षति जाजरकोट र रुकुम पश्चिममा भएको देखिन्छ ।कान्तीपुर टिभिबाट साभार

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close