जाजरकोट केन्द्रविन्दू भएर गएको भूकम्पमा परेर अहिलेसम्म १सय२८ जनाको मृत्यु

काठमाण्डौं ।जाजरकोट केन्द्रविन्दू बनाएर शुक्रबार राति आएको भूकम्पमा परेर अहिलेसम्म १सय२८ जनाको मृत्यु भएको छ भने १सय४१ जना घाइते भएका छन्।
प्रहरीका अनुसार जाजरकोट, बारेकोट गाउँपालिका १, रामीडाँडामा ४४ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्।
त्यस्तै पश्चिम रुकुम, आठविसकोट नगरपालिका ११ देखि १४, सानी भेरी गाउँपालिका १,२,४ वडाहरु र चौरजहारी नगरपालिकामा ३६ जनाको मृत्यु भएको छ भने ८५ जनाको मृत्यु भएको छ।नागरिक
कमेन्ट गर्नुहोस !