प्रदेश-५ को राजधानी दाङको भालुवाङ, नाम लुम्बिनी

प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न प्रदेश सभामा प्रस्ताव पेश गरेको छ।
प्रदेश सभाको शुक्रबारको बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले यस्तो प्रस्ताव पेश गरेका हुन्।
उनले प्रदेश सभामा पेश गरेको प्रस्तावमाथि यही असोज १९ गतेदेखि छलफल शुरु हुने सभामुख पूर्णबहादुर घर्तीले जनाएका छन्। प्रदेश सभाको आगामी बैठक १९ गते मध्यान्ह १२ बजेसम्मका लागि स्थगित भएको छ।
प्रदेश ५ को स्थायी राजधानीबारे लामो समयदेखि बहस र छलफल हुँदै आएपनि सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मौखिक सहमति जनाएपछि प्रदेश सरकारले सभामा प्रस्ताव पेश गरेको हो।
Photo: Rising Nepal
कमेन्ट गर्नुहोस !