थप २ हजार १सय २० जनामा कोरोना पुष्टि, ८को मृत्यु

नेपालमा थप २ हजार १ सय२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घन्टामा काठमाडौंमा उपत्यकामा ११ सय ७७ सहित देशभरमा २१ सय २० संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । आज थपिएका २१ सय २०सँगै नेपालमा कुल संक्रमितको संख्या ८४ हजार ५ सय७० पुगेको छ ।पछिल्लो २४ घन्टामा देशभर थप आठजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ५ सय२८ पुगेको मन्त्रालयले जनाएको छ ।यता पछिल्लो २४ घन्टामा देशभरबाट २,०४४ जना ‘डिस्चार्ज’ भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेहरुको संख्या ६२ हजार ७ सय४० पुगेको छ ।हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या २१ हजार ३सय २ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close