समाज स्कुल अफ डेन्ट्रिस्टिज पूर्व विधार्थीको प्रथम भेला सम्पन्न, अध्यक्षमा काफ्ले चयन

समाज स्कुल अफ डेन्ट्रिस्टिज काठमाण्डौंमा अध्ययन गरेका पूर्व विधार्थी एकत्रित हुदैं कार्य समिति चयन गरेका छन् । आज काठमाण्डौंमा भेला भएका पूर्व विधार्थीले अध्यक्षमा डा. पुष्कर काफ्लेलाई चयन गरेका छन् ।

त्यस्तै समितिको बरिष्ठ उपाध्यक्षमा प्रकाश पौडेल, उपाध्यक्षमा मिन बहादुर देउवा, सचिवमा निशा सापकोटा, सहसचिवमा अनमोल पोखरेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा पाँचजना चयन भएका छन् ।
भेलाले पूर्व विधार्थीबीचमा भाइचारा कायम गर्दे दाँत तथा मुख स्वास्थ्यको क्षेत्रमा काम गर्ने लक्ष्य लिएको छ । कार्यक्रममा कलेजका निर्देशक शंखु घिमिरेले आफ्नो कलेजमा पढेका विधार्थी एकजुट भई डेन्टल क्षेत्रमा काम गर्नु कलेजको लागि शौभाग्य र गर्वको विषय भएको बताउनुभयो । उहाँले यस्तो भेलाले देशको समग्र स्वास्थ्य सेवालाई सुदृढ बनाउँदै स्वास्थ्यकर्मीबीच समेत एकता हुने बताउनुभयो । त्यसैगरी भेलामा कलेजका प्रशासक सरोज ढुगेंल र प्राचार्य डा. प्रजिता भट्टराइले आफ्नो धारणा राख्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

पूर्व विधार्थीको नियमित बैठक प्रत्येक महिना बसी आवश्यक कार्यक्रम तय गरिने सचिव निशा सापकोटाले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close