गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु

गुल्मी – गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ । इस्मा गाउँपालिका–४ दोहोलीका ६० वर्षीय दिलबहादुर बस्नेतको छोरा अनिलको कुटपिटबाट सोमबार बिहान मृत्यु भएको हो ।
आइतबार बेलुका ६ बजेतिर आफ्नै घरभित्र बुबालाई छोराले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जनकराज पन्थले जानकारी दिए । घाइते बस्नेतलाई थप उपचारका लागि बेलुका नै तम्घास अस्पताल ल्याइएको थियो ।
मुख र छातीमा गम्भीर चोट लागेका दिलबहादुरलाई तम्घास अस्पतालले मिसन अस्पताल पाल्पा रिफर गर्यो। तर मिसन अस्पतालले प्रवास अस्पताल र प्रवास अस्पतालले प्रादेशिक अस्पताल बुटवल रिफर गरेको थियो ।
अस्पताल डुलाउँदा डुलाउँदै सोमबार बिहान ४ बजे बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ। अभियुक्त अनिल फरार छन् ।
कमेन्ट गर्नुहोस !