अर्घाखाँचीमा राष्ट्रिय सभा सदस्य सहित १३ जनामा कोरोना पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा राष्ट्रिय सभा सदस्य सहित १३ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्ज्वल,डिएसपी माधव बुढाथोकी, रामबाण गुल्म का गुल्मपती अशोक कुमार थापा क्षेत्री, नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी,अर्घाखाँची अस्पतालका डाक्टर जगदिश शर्मा,रेडक्रस अर्घाखाँचीका सभापति कुशल भुसाल लगायतका १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिनुभयो ।
गत १७ गते भैरहवा प्रयोगशालामा पठाएको २२ जनाको स्वाब परीक्षण मध्ये १३ जनाकाको पोजेटिभ र ९ जनाको नेगेटिभ आएको बरालले जानकारी दिनुभयो ।
यता राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काका अनुसार केहि दिनअघि शितगंगा नगरपालिकाको वडा नम्वर १२ मा जमिन भासिएर पहिरो जाँदा विपद, व्यवस्थापन, उद्वार, राहत र पुनस्थापनामा खटिएकै क्रममा गएको टोलीमा कोरोना पुष्टि भएको खड्काले बताउनुभयो ।यस अघि प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल,,सहायक प्रमुख जिल्ला विक्रम थापा लगायतका ४ जनामालाई पनि सोहि ठाउँमा खटिएकै क्रममा कोरोना पुष्टि भएको थियो ।
कमेन्ट गर्नुहोस !