थप २४ सय ४० जनामा कोरोना पुष्टि,१९ को मृत्यु

सबैको सन्देश /काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा २४ सय४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसहित नेपालमा कुल कोरोना संक्रमितको जम्मा संख्या ८९ हजार २ सय६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।यता वितेको २४ घण्टामा ११ सय३३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।यो सहित डिस्चार्ज हुनेको जम्मा संख्या ६५ हजार २सय२ पुगेको छ ।अब देशभरमा २३ हजार ५७ जना सक्रिय संक्रमित छन् ।बितेको २४ घण्टामा १९ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय५४ पुगेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !