अर्घाखाँची अस्पतालका अत्याबस्यक बाहेकका सम्पुर्ण सेवा बन्द

सागर महत /अर्घाखाँची ।
अर्घाखाँची अस्पतालका डाक्टर लगायतका स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पतालका प्रसुती र अत्याबस्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परिक्षणमा उनिहरु लाई कोरोना पुष्टिभएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनुभयो ।यस्तै अर्के सूचना प्रकाशित नभएसम्म अस्पतालका प्रसुती र अत्याबस्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएको बताइएको छ ।
हिजो समुदाय स्तरका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पुष्टि हुनेमा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का,नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, प्रहरी नायब उपरीक्षक माधब प्रसाद बुढाथोकी, रामबाण दल गुल्मका गुल्मपती अशोक कुमार थापा क्षेत्री , रेडक्रस शाखाका जिल्ला सभापति कुशल भुसाल ,अर्घाखाँची अस्पतालका डा. जगदीश शर्मा, लगायत १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचकिा सुचना अधिकारी विजय बरालले जानकारी दिनुभयो ।
यता राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काका अनुसार केहि दिनअघि शितगंगा नगरपालिकाको वडा नम्वर १२ मा जमिन भासिएर पहिरो जाँदा विपद, व्यवस्थापन, उद्वार, राहत र पुनस्थापनामा खटिएकै क्रममा गएको टोलीमा कोरोना पुष्टि भएको खड्काले बताउनुभयो ।यस अघि प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल,,सहायक प्रमुख जिल्ला विक्रम थापा लगायतका ४ जनामालाई पनि सोहि ठाउँमा खटिएकै क्रममा कोरोना पुष्टि भएको थियो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close