घरेलु कार्यालय अर्घाखाँचीको आयोजनामा गुणस्तरीय बस्तु र सेवा सम्बन्धि कार्यक्रम शितगंगामा सम्पन्न

सागर महत,अर्घाखाँची ।घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा व्यवसायीहरुलाई गुणस्तरीय बस्तु र सेवा सम्बन्धि १दिने कार्यशाला गोष्ठी शितगंगा नगरपालिकाको ठाडामा सम्पन्न भएको छ।


दर्ता ,नविकरण,खारेजी,नामसारी ,ठाउँसारी र पुँजीबुद्वी र सचेतना कार्यक्रम गरिएको घरेलु तथा साना उद्योग कार्यालय प्रमुख सन्तोष खनालले बताउनुभयो।व्यवसाय संचालन गर्दा अझै पनि चुनौती छन ।त्यसको समधानका लागि सचेतना कार्यक्रम माग गरिएकोले सोहि अनुसार कार्यक्रम संचालन गरिएको बताउनुभयो ।


शितगंगा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा उद्योग वाणिज्य संघ शितगंगाका अध्यक्ष चिन्ताराज अधिकारीले यो कार्यक्रमले व्यवसायीले सामान खरिद बिक्री गर्दा समेत सचेतना कार्यक्रम आवश्यक परेकाले यो कार्यक्रम निकै प्रभावकारी भएको बताउनुभयो ।


वडा नम्बर ४ का वडा अध्यक्ष दामोदर अधिकारीले अब बजार सम्बन्धी सचेतना कार्यक्रम वडा र पालिकाले गर्न आवश्यक रहेको बताउनुभयो ।व्यवसायीहरुले एउटा नाममा दर्ता गरेर फरक फरक कारोबार गर्ने गरेकोले यसको समधान गर्न माग गरेका थिए । कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका सुचना अधिकारी लक्ष्मी प्रसाद दाहालको संचालनमा सम्पन्न भएको हो ।कार्यक्रममा शितगंगा उद्योग वाणिज्य सघले समन्वय गरेको हो भने करिव ७५ व्यवसायीहरुको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close