दादुरा–रुबेला रोग विरुद्धको खोप सन्धिखर्कमा शत प्रतिशत लगाउनेःनगरप्रमुख श्रेष्ठको भनाइ

सागर महत,सन्धिखर्क ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले दादुरा–रुबेला रोग विरुद्धको खोप सबै बालबालिका लाई लगाउने बताउनुभएको छ ।यो अभियान सफल बनाउनको लागि फागुन १३ गतेदेखि १७ गतेसम्म संचालन हुने खोप कार्यक्रममा नगरपालिका भित्र रहेका स्वास्थ्यक्रमी र महिला स्वास्थ्य स्वयंम सेविका परिचालन हुने छन ।जसको लागि निर्देशन पनि दिएको बताउनुभयो ।नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको खोप तथा अभिमुखीकरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।खोपको पहुँचबाट कसैलाई बन्चीत नहुन समेत नगरप्रमुख श्रेष्ठले आग्रह गर्नुभयो ।

यस्तै १८ बर्ष मुनिका शारीरिक अपांगता भएका नगरपालिका अन्तरगतका विद्यार्थी र स्थायी बासिन्दाहरुको शारीरिक अपांगता परीक्षणका लागि नगरपलिकाको आयोजनामा फागुन १७ गते हुने स्वास्थ्य शिविरमा सहभागी हुन समेत अनुरोध गर्नुभयो।

९महिनादेखि ५ वर्ष मुनिका सम्पुर्ण बालबालिकाहरुलाई दादुरा रुबेला रोग विरुद्धको खोप अभियान संचालन हुने सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुलीले बताउनुभएको छ।नगरभित्र ६५ खोप केन्द्र छन,जसमा १२ स्वास्थ्यक्रमी,८४ स्वयंम सेविका र ए.ई आईइ व्यवस्थापन गर्न १३ जना खट्ने उहाँले बताउनुभयो ।


खोपलाई बस्ती बस्तीमा पुर्याउनको लागि सबै तर्फको सहकार्य आवश्यक भएको उपप्रमुख मिश्रा आचार्यले बताउनुभयो ।यस्तै नगरपालिकामा १सय ५५ जना  महिला स्वास्थ्य स्वयंम सेविका रहेकोमा ८४ जना मात्र खट्ने विषयमा स्वास्थ्य शाखाले सबैलाई समावेश गरेर अगाडि बढाउन आग्रह गर्नुभयो ।पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले यो अभियान सफल पार्नको लागि संचार क्षेत्रबाट हुने सहयोग गर्ने बताउनुभयो ।नगरपालिका शाखा अधिकृत मन्जु खनालले सम्पुर्ण अभिभावकलाई बालबालिकालाई खोपको पहुँचमा ल्याउन आग्रह गर्नुभयो । कार्यक्रममा शिक्षा शाखा प्रमुख मन्जु आचार्य।वडा अध्यक्ष,कार्यपालीका सदस्य,वडा सदस्य,स्वास्थ्यक्रमी लगायतको सहभागीता रहेको कार्यक्रम स्वास्थ्यक्रमी प्रकाश परियारको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close