प्रचण्ड-माधव समूहद्वारा दोस्रो चरणको आन्दोलन सार्वजनिक

संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले दोस्रो चरणको आन्दोलन सार्वजनिक गरेको छ । जसअनुसार आन्दोलनको कार्यक्रम निम्नानुसार रहेका छन् ।

  • पुस २० गतसम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम ।
  • पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन ।
  • पुस २१ गते संघीय राजधानी र विभिन्न शहरी केन्द्रहरुमा राजनीतिक पार्टीहरुसँग अन्तरक्रिया ।
  • २३ पुसमा नागरिक समाजसँग अन्तरक्रिया ।
  • २४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने ।
  • २६ पुसमा सडक संविधान वाचन व्याख्या कार्यक्रम ।
  • २७ पुसमा सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, २८ गते प्रदेश २, गण्डकी र कर्णाली तथा २९ गते बाग्मतीमा बृहत कार्यकर्ता भेला ।
  • २८ पुसमा घरघरमा पर्चा वितरण, गाउँटोलमा कालो झण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध सबै वडामा व्यानर राख्ने ।
  • २९ पुसमा निर्वाचन क्षेत्रस्तरयि कार्यकर्ता भेला ।
  • ३० पुसमा सबै वडामा विरोध प्रदर्शन र सभा ।
  • ५ माघमा सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा ।
  • १० माघमा राजधानी लगायतका सबै शहरी केन्द्रहरुमा मोटरसाइकल र्‍याली ।
  • १६ माघमा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा र १७ गते प्रदेश २ मा विरोध सभा ।
  • २२ माघमा वडा तहमा मसाल जुलुस ।
  • २३ माघमा राजधानीमा विरोध प्रदर्शन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close