अर्घाखाँचीमा कार्यसम्पादन मूल्यांकनमा पाणिनि गाउँपालिका सबै भन्दा कमजोर

सन्धिखर्क। आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीका ६ वटा पालिका मध्ये सबै भन्दा कमजोर पाणिनि गाउँपालिका देखिएको छ । सोहि पालिकाले २८.६७ अंक प्राप्त गरी फेल भएका छ।कार्यसम्पादन मुल्यांकनमा पास हुनका पालिकाले कम्तिमा ४० अंकभार ल्याउनुपर्ने हुन्छ ।

आर्थिक वर्षको राजस्व ,व्ययको अनुमान गाउँसभामा पेश गरे–नगरेको, कार्यपालिकाले प्रत्येक वर्षको असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा पेश गरी असार मसान्तभित्र पारित गरे–नगरेको लगायतका विषय पनि समावेश गरिएको हुन्छ ।ति विषयमा पाणिनि गाउँपालिका कमजोर देखिएको हो ।यता शितगंगा नगरपालिकाले कार्यसम्पादन मूल्यांकनमा ३३.४६ अंक प्राप्त गरेको छ । भूमिकास्थान नगरपालिकाले ३८.०३अंक प्राप्त गरी फेल भएका छन् ।

६ वटा स्थानीय तहहरू रहेको अर्घाखाँचीमा सन्धिखर्क नगरपालिका ६१.८१ अंक सहित नेपालमै प्रथम भएको छ भने छत्रदेव गाउँपालिका ५०.४४ अंक सहित सातौँ हुन सफल भएको छ । यस्तै मालारानी गाउँपालिका भने ४१.४१ अंक प्राप्त गरी पास भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close