सन्धिखर्कमा एकै घर परिवारका ७ जना सहित ११ जनामा कोरोना पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा आज एकै घर परिवारका ७ जना सहित एक जना स्वास्थ्यकर्मी र अन्य ३ जना सहित ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।उनिहरुको भैरहवा जनस्वस्थ्य प्रयोगशालामा गरिएको स्वब परिक्षणमा कोरोना देखिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिनुभयो ।आज १६ जनाको रिपोर्ट आए मध्ये ५ जनाको नेगेटिभ र ११ जनाको पोजेटिभ रिपोर्ट आएको हो ।समुदाय स्तरमा कोरोना भेटिएको छ । जस अन्तर्गत सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा बसोबास गर्ने एकै घर परिवारका ७ जना ,१ जना स्वास्थ्यकर्मी र अन्य ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी बरालले जानकारी दिनुभयो । योसँगै जिल्लामा कुल संक्रमित ४ सय ५२ मध्ये हाल सम्म कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ३ सय ९२ रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।कोरोना का कारण जिल्ला भर ४ जनको मृत्यु भएको छ ।यता जिल्लाभर अब ५६ जना सक्रिय कोरोना संक्रमित उपचारत रहेका छन । भारत तथा छिमेकी जिल्ला बाट आएर स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्ने संख्या २१ जना रहेका छन । भने होम क्वारेन्टाइनमा बस्नेको संख्या २ सय ५ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close