राष्ट्रिय जनमोर्चाद्वारा संघीयता खारेजी लगायतका माग राख्दै सन्धिखर्कमा विरोध सभा

सबैको सन्देश/ अर्घाखाँची ।
राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा विरोध सभाको गरेको छ । ‘संघीयता खारेज गरियोस्, कोरोना भाइरसका विरुद्ध प्रभावकारी कदम चालिओस लगायतका नाराका साथ विरोध सभा गरिएको कार्यक्रम लाई सम्बोधन गदै राष्ट्रिय जनर्मार्चाका अध्यक्ष थम्मन केसीले देशमा भ्रष्टाचार बढ्दै गएको र सरकार नै भ्रष्टाचारीको संरक्षक बनेको, कोरोना संक्रमणको प्रभावकारी उपचार नगरिएको, कालो बजारी नियन्त्रण नगरेको र किसान, विद्यार्थी का सामन्य समस्या पनि सरकारले समधान गर्न नसकेको भन्दै अब हाम्रो पार्टी कडा भन्दा कडा आन्दोलमा जान लागेको बताउनुभएको हो ।

No description available.

फरक प्रसंगमा महिला, बालबालिकामाथि जघन्य अपराधका घटना दिन प्रतिदिन बढ्दै गएको सोही घटना क्रम लाई पनि समधानको लागि सामन्य पहलकदमी नगरेको साथै मुख्यद्य भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता गर्न सरकार उदासिन रहेको भन्दै सरकारको विरोधमा लागेको समेत बताईएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close