राज्यको ढुकुटी रित्तिने गरी ओली, प्रचण्ड–माधबको शक्ती प्रर्दशन भएको छः अध्यक्ष केसी

सागर महत /अर्घाखाँची ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री चित्र बहादुर केसीले सत्तामा बस्नेहरुले देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र अस्मिता भन्दा सत्ता स्वार्थ, लागेकाले भारतले हडपेको लिम्पियाधुरा र कालापानी लगायतको भुःभाग समेटेर नक्सा पारित गरेपछि उनीहरुकै ईशारामा ओलीले संसद बिघटन गरेको आरोप लगाउनुभएको छ।
प्रगतिशिल पत्रकार संघ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले अहिले विशेष गरि ओली, प्रचण्ड–माधब हरु निरन्तर राज्यको ढुकुटी नै रित्तिने गरी निरन्तर कसको शक्ती कति भनेर प्रर्दशन मा लागेको बताउनुभयो ।
सोहि अवसरमा राजावादी सलबलाएको बताउनुभयो ।अबको समय गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियता बचाउन ओलीले चालेको प्रतिगामी कदमका विरुद्ध नेपाली कांग्रेस, नेकपाको प्रचण्ड–माधब समुह, मधेसवादी दल लगायतका सबै दलहरु ०६२/६३ को जन आन्दोलनमा जस्तै एक भएर आन्दोलनको आँधीबेहरी सृजना गर्नु पर्ने अवस्था आएको बताउनुभयो।
कमेन्ट गर्नुहोस !