अर्घाखाँचीमा अत्याधिक रक्तश्रापका कारण गर्भवती महिलाको मृत्यु

सुर्य प्रसाद भुसाल ,अर्घाखाँची ।
अर्घाखाँचीको सितगङ्गा नगरपालिका वडा नम्बर १४ करेचुलिकि एक गर्भवती महिलाले उपचार अभाव का कारण मृत्यु भएको छ ।
आर्थिक अभावका कारण समयमा उपचार गर्न नपाएर ४० वर्षीया श्यामकला बलालको मङगलबार मृत्यु भएको स्थानिय बासि थर्क पान्डेले बताए ।

सहज सुत्केरी गराउन उनी केहीदिन पहिला बुटवल पुगेर पनि स्वास्थ्य जाँच गराएको र सोमबार मात्रै अत्याधिक ब्यथा लागेपछि उनलाई कपिलवस्तु स्थित पिपरा हस्पिटल पुराईएको भईपनि अत्याधिक रक्त श्रापका कारण उनको र जन्मन नपाउदै सिसुको ज्यान गएको वार्ड नम्बर १४ का वार्ड अध्यक्ष दामोदर न्यौपानेले बताए ।
शितगंगाको करेचुलि बिकट ठाउँ हो आर्थिक अभावका कारण घरमा अत्याधिक रक्तश्राप भएपछि घरका परिवारले बलाललाई नजिकै रहेको पिपरा हस्पिटल पुराएका थिए अस्पताल पुराएपछि पनि रक्त श्राप नरोकिएको कारण सुत्केरी हुने क्रममा उनको मृत्यु भएको परिवारले आफुलाई जानकारी दिएको वार्ड अध्यक्ष न्यौपानेले बताए ।
अध्यक्ष न्यौपाने का अनुसार केहीदिन अघि मात्र स्वास्थ्य सस्थामा गई उनको जाँच गराउँदा उनको बच्चा पेटमा उल्टो हुन सक्ने भन्दै स्वास्थ्यकर्मीले सुविधा सम्पन्न अस्पताल जान सुझाएका रहेछन मैले मृत्यु भएपछि मात्रै थाहा पाए मलाई खबर भएको भए कुनै उपाए हुनेथियो थाहा सम्म नपाएको उनको भनाइ छ ।
गर्भवती महिला आर्थिक अवस्था कमजोर भएका कारण उनी सुबिधा सम्पन्न अस्पताल जान नसक्दा ज्यान गुमाउन बाध्य भएको स्थानिय थर्क पान्डेले बताउछन ।

प्रसव व्यथाले च्यापेपछि उनका श्रिमान टिकाराम बलालले गाडि चढाएर उनलाई पिपरा अस्पताल पुराएका थिए अस्पताल पुराउदा चिकित्सक हरुले ठिक हुन्छ ६ घरान खुलिसकेकोले नर्मल डेलिभरि हुन्छ भने रक्तश्राप रोकिएन अनि गर्भवती महिलाको मृत्यु भएको चिकित्सक ले घोषणा गरेका थिए । मृतक महिलाका २ छोरी १ छोरा रहेका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close