शितगंगा उद्योग वाणिज्य संघको अधिवेशन सुरु,नयाँ नेतृत्व चयन हुँदै

सन्धिखर्क ।अर्घाखाँचीको शितगंगा उद्योग वाणिज्य संघको तेस्रो अधिवेशनले आजबाट सुरु भएको छ ।अधिवेशनको उद्घाटन गर्दै शितगंगा नगरपालिका प्रमुख छविलाल पौडे्लले पछिल्लो समय व्यवसायीहरु पनि ठुलो समस्या पर्न थालेको बताउनुभएको छ ।देशको अर्थतन्त्रको प्रभाव साना व्यवसायीमा पनि परेको बताउनुभएको छ ।

आज नगरपालिकाको ठाडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।शितगंगामा रहेको उद्योग वाणिज्य संघले निकै सकरात्मक काम गरेको बताउनुभएको हो । क्याम्पस संचालन गर्नको लागि महायक्ष लगानु देखि मेला महोत्सव संचालन गरि सामाजीक कार्यमा पनि काम गरेकोमा नगरप्रमुख पौडे्लले धन्यवाद दिनुभएको छ । यस्तै अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।२ कार्यकाल अध्यक्ष भएका चिन्ताराज अधिकारीकले नयाँ समितिको जिम्मा लगाउने तयारी सहित अधिवेशन आह्वान गरेको बताउनुभयो ।

२०७४ सालमा स्थापना भएको व्यवसायीहरुको संस्थाले आफ्नो कार्यकालमा प्रतिफल मुलक काम गरेको बताउनुभयो ।अध्यक्षको दाबेदारमा ३ जना भए पनि सहमतीमा गराउने प्रयास भएको बताएको छ,सहमति नभएमा निर्वाचन गरिने समेत जनाएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close