अर्घाखाँचीमा थप ३४ जनामा कोरोना पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा समुदाय स्तरमा थप ३४ जनामा कोरोना पुष्टि भएको छ ।पुष्टि हुनेमा सन्धिखर्क नगरपालिकाका २९ जना र शितगंगा नगरपालिकाका ५ जना गरि ३४ जना रहेको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ । उहिरुको भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वब परिक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिनुभयो ।८४ जनाको रिपोर्ट पठाए मध्ये ५० जनाको नेगेटिभ र ३४ जनाको पोजेटिभ रिपोर्ट आएको हो । जसमा २५जना पुरुष ९ जना महिला रहेको बरालले जानकारी दिनुभयो ।योसँगै जिल्लामा कुल संक्रमित ४ सय ८६ मध्ये हाल सम्म कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ३ सय ९२ रहेको बताईएको छ ।कोरोनाका कारण जिल्ला भर ४ जनको मृत्यु भएको छ ।यता जिल्लाभर अब ९० जना सक्रिय कोरोना संक्रमित उपचारत रहेका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close