गायिका चौहान र सापकोटाको बिहे हुँदै

काठमाडौं । चर्चित गायिका एलिना चौहानले २०८१ वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् ।

निम्तो बाँड्ने र अन्य तयारीको काममा व्यस्त रहेको उनले सुनाएकी छिन् । बागलुङका सापकोटा अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् । एलिना भने झापाकी हुन् ।

तीज कार्यक्रममा अस्ट्रेलिया पुगेकी एलिना र विष्णुबीच प्रेम सम्बन्ध रहेको थियो । एलिनाको गीत ‘तिमीले धोका दियौ भने माकसम कट्टा हान्दिन्छु’ भन्ने गीत सार्वजनिकको बेलामा ब्रेकअपको खबर फैलिएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close