प्रेस युनियन अर्घाखाँचीद्वारा पत्रकार महासंघको साधारणसभा रोक्न माग

सन्धिखर्क ।नेपाल प्रेस युनियन अर्घाखाँचीले पत्रकार महासंघको साधारणसभा रोक्न ध्यानाकर्षण पत्र बुझाएको छ । आउँदो चैत ३० गतेका लागी तोकिएको जिल्ला साधारणसभा स्थगित गर्न युनियनले माग गरेको हो ।युनियन जिल्ला अध्यक्ष लक्ष्मण घिमिरेले आज महासंघ जिल्ला अध्यक्ष अशोक खनाललाई ज्ञापन पत्र बुझाउँदै सदस्यता टुंगो नलगाइ जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोमा आपत्ति जनाउनुभएको छ । सदस्यता र मतदाता नामालीको टुंगो लगाएर मात्र जिल्ला अधिवेशन गर्न आग्रह गरेका थियो ।
लोकतन्त्रवादी पत्रकारहरुको अग्रणी संस्था युनियनले श्रमजीवी पत्रकारहरुको साझा संस्था महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियान तथा नयाँ सदस्यताको विषय किनारा नलाग्दासम्म साधारणसभा नगर्न आग्रह गरिएको छ ।

जवाफमा महासंघ अध्यक्ष खनालले समितिको बैठक डाकेर जानकारी गराउने बताउनुभएको छ । मिति तोकिसकिएको अधिवेशन के गर्ने भन्ने विषय कार्यसमितिको बैठकमा छलफल गर्ने उहाँको भनाई थियो ।

जिल्ला अध्यक्ष घिमिरे सहित, प्रेस युनियनका केन्द्रिय सदस्य प्रेम नारायण आचार्य, जिल्ला कोषाध्यक्ष सागर महत लगायतको उपस्थिती थियो ।सदस्यता यकिन नगरी अधिवेशन गर्नु उपर्युक्त नहुने निष्कर्ष सहितको पत्र युनियनले बुझाएको हो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close