सन्धिखर्कमा वातावरण ब्यबस्थापन सम्बन्धि अभिमुखीकरण तथा प्रदुषण मापन कार्यक्रम सम्पन्न

प्रेमनारायण आचार्य /सन्धिखर्क। अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा वातावरण ब्यबस्थापन सम्बन्धि अभिमुखीकरण तथा प्रदुषण मापन कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिकाको आयोजना र स्टार ट्रेड एण्ड ईन्जिनियरिङ प्रालि नयाँ बानेश्वरको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख कमल प्रसाद भुसालले फोहरमैला ब्यबस्थापन सम्बन्धि कार्य सबैभन्दा चुनौतीपुर्ण रहेको बताए । उनले विकास निर्माणका काम गर्दा वातावरण प्रदुषण हुने भएकोले सबैलाई रुख बिरुवा रोप्न आग्रह गरे ।
सन्धिखर्कको वायु प्रदुषणको अबस्था केछ भनेर जाँच गर्न हाई भोलुम इयर स्याम्पलर मेसिनबाट मापन शुरु गरिएको स्टार ट्रेड एण्ड ईन्जिनियरिङ प्रालिका निर्देशक उदय भट्टराईले बताए । सस्थाले देशका विभिन्न नगरपालिका र गाउँपालिकामा पोलिसि निर्माणमा काम गरिरहेको निर्देशक भट्टराईको भनाइ छ ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, बाताबरणविद डा। बिकास अधिकारि, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल , प्रदेश सदस्य प्रेमनारायण आचार्य, सस्थाका जिल्ला संयोजक मिना बस्याल लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम नगरपालिकाको वातावरण समितिका अध्यक्ष प्रितम थापाको अध्यक्षता र नारायण पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो ।

May be an image of 12 people, people standing, outdoors and tree

May be an image of 4 people, people sitting, people standing and indoor

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close