स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अर्घाखाँची अस्पतालका अत्यावश्यक बाहेकका सबै सेवा बन्द

सबैको सन्देश /सागर महत अर्घाखाँची ।
अर्घाखाँची अस्पताल परिसरमा रहेको स्वास्थ्य कार्यालयमा कार्यरत २ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि अर्घाखाँची अस्पतालका इमरर्जेन्सी र प्रसुती सेवा बाहेक सम्पुर्ण सेवा बन्द भएका छन। आइतबार २ जना स्वास्थ्यकर्मी सहित जिल्लामा १३ जना सक्रमित फेला परेपछि ।चिकित्सक र अन्य सरोकारवालाहरु सँगको बैठक अनुसार सेवाग्रहाहीहरुको संक्रमणको उच्च जोखिमलाई मध्यनजर गदै स्वाव संकलन गरी पठाए पश्चात रिपोर्ट नआउँदा सम्मको लागि अस्पतालका इमरर्जेन्सी र पशुति सेवा बाहेक सम्पुर्ण बन्द गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनुभयो ।
अर्घाखाँचीमा पहिलो पटक समुदायमा कोरोना संक्रमण फैलिएको छ । स्वास्थ्य कार्यालयका अर्घाखाँचीका २ जना स्वास्थकर्मी, १ जना सञ्चारकर्मी, १ जना कार्यालय प्रमुख गरी १३ जनामा संक्रमण पुष्टी भएसंगै कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको पुष्टी भएको हो । सन्धिखर्क नगरपालिकामा ६ जना, भुमिकास्थान नगरपालिकामा ५ जना र मालारानी गाउँपालिकामा २ जना गरी १३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिनुभयो ।
अर्घाखाँचीमा हाल सक्रिय संक्रमितको संख्या १७ पुगेको छ । आइतबार १३ जना संक्रमित थपिएसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या १७ पुगेको हो ।
जिल्लाभर ३ सय ४४ जनामा संक्रमण पुष्टि भएकोमा ३सय २४ जना कोरोना जितेर घर फर्किएका छन ।तिन जनाको कोरोना भाइरसका कारण मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो । हाल जिल्ला भर ९३ जना क्वारेन्टाइनमा बसेका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close