अर्घाखाँचीका लेखक दर्लामीको उपन्यास मारीखोलाको ढुङ्गो सार्वजनिक

काठमाडौँ। सशस्त्र द्वन्द्वकालको कथा व्यथामा आधारित अर्घाखाँचीको शितगंगा नगरपालिकामा जन्मनुभएका लेखक जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ लोकार्पित भएको छ । पब्लिकेसन नेपालयद्वारा आयोजित कार्यक्रममा उपन्यासको कथा–कालमा जन्मिएकी इभा काफ्लेलाई लेखक दर्लामीले पुस्तक हस्तान्तरण गरेर उक्त उपन्यास लोकार्पण गरिएको हो ।

देशको उन्नती प्रगती र जनताको अमनचयनको निम्ति गरिएको जनयुद्धको स्थलगत बयान र त्यसपश्चात देशमा छाएको निराशा यो उपन्यासमा पोखिएको छ । उपन्यासमा द्वन्द्व र कौतुहल आइरहन्छन् । लेखकका यस अघिका दुई उपन्यास यात्री र नुरीको तुलनामा यो उपन्यासको लेखनशैली निखारिएको छ । अर्घाखाँची वरिपरिका भुगोलको कथा र यहाँकै पात्रहरू रहेकाले भाषा र जीवनशैली स्वभाविक रूपमा आएको छ । माओवादी आन्दोलन र त्यसले निर्माण गरेको मनोविज्ञानका केही आयाम यो उपन्यासमा छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close