नेपाल पत्रकार महासंघ अर्घाखाँचीको १६औं साधारण सभा सन्धिखर्कमा सम्पन्न

सन्धिखर्क ।प्रतिनिधि सभा सदस्य एवम् पूर्व राज्यमन्त्री सुशीला श्रीपालीले पत्रकारलाई सृजनशील र अध्ययनशील बनाउन सकेमात्र यसको महासंघको गरीमा बढ्ने भएकाले क्षमता विकास संगै सस्थागत विकासमा लाग्न आग्रह गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीको १६औं साधारण सभा तथा आठौं जिल्ला अधिवेशनको सन्धिखर्कमा उद्घाटन गर्दै श्रीपालीले समाजको पक्षमा कलम चलाउदै निपष्क्ष भएर लाग्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । पत्रकारहरुको सुरक्षा र जीवन निर्वाहका लागि पत्रकार महासंघको नेतृत्वले पहल कदमी लिनुपर्ने समेत बताउनुभएको छ ।


महासंघका लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरिले पत्रकार महासंघ श्रमजीवी पत्रकारहरुको साझा संस्था भएकाले पत्रकारको मर्म र भावनासँग महासंघ जोडिएको बताउदै नेपालमा पत्रकारिता जगत न्याय र जनताको पक्षमा लाग्ने भएकाले संविधानविपरीत हुने कार्यको महासंघ सधैव विरोधमा लाग्ने बताउनुभयो ।

कार्यक्रममा भुमिकास्थान नगरपालिका प्रमुख झविलाल थापा,शितगंगा नगरपालिका उपप्रमुख गिता भाट,नेपाली कांग्रेसका हेमन्त बेल्बासे,एमालेका सरोज भुसाल,माओवादीका देब बहादुर रायमाझी,नेकपा एसका रामबहादुर चौहान ,पत्रकार महासंघका पुर्व जिल्ला अध्यक्ष विष्णु भुसाल,हिम जिसी लेकाली,आधिकारीक ट्रेड युनियनका जिल्ला अध्यक्ष कृष्ण बर्मा लगायतले सुभकामना मन्तव्य राखेको कार्यक्रम पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालको अध्यक्षता ,सचिव विनोद गैरेको संचालन कोषाध्यक्ष रुद्रमणि भुसालले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

कार्यक्रममा महासंघको कार्यकाल सफल बनाउन सहयोग गर्ने पत्रकार हृदय भुसाल,रुद्रमणि भुसाल र विष्णु खनाललाई नगद सहित सम्मान गरिएको थियो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close