माधव,प्रचण्डले पार्टी बिभाजन गरेः खड्का

शोभाखर पन्थी /अर्घाखाँची ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले प्रचण्ड र माधव नेपालले पार्टी बिभाजन गरेर गम्भीर गल्ती गरेको बताउनु भएको छ। नेपाली जनताको म्यान्डेट ,कार्यकर्ताको चाहना र देशको आबस्यकतालाई लत्याउँदै व्यक्तिगत स्वार्थको निम्ति पार्टी बिभाजन गरेको उहाँको आरोप छ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा मालारानी पालिका कमिटी द्वारा खन र खनदहमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा मन्तव्य राख्दै उहाँले अध्यक्ष प्रचण्ड र माधब नेपालमा भएको पदलोलुपता र सैद्धान्तिक बिचलन नै पार्टी बिभाजनको मुख्य कारण भएको बताउँदै गल्ती ,कमजोरी सच्चाएर पुनः पार्टीमा फर्कन आग्रह गर्नुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कमिटीका अध्यक्ष चेतनारायण आचार्यले हजारौको बलिदानी बाट प्राप्त लोकतन्त्र र संघियता बचाउन ताजा जनादेशको विकल्प नभएको बताउनु भयो । उहाँले कार्यकर्ता र जनताले नपाए पछि प्रचण्ड ,माधब समूह निर्वाचन बाट भाग्न खोजेको आरोप लगाउँदै समयमै चुनाव हुने दाबी गर्नुभयो । दृढ ईच्छा शक्तिका साथ चुनावको तयारीमा लाग्न उहाँले कार्यकर्ता लाई निर्देशन समेत दिनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य नरेन्द्र कुमार क्षेत्रीले कम्युनिस्ट पार्टीको मुलप्रवाह प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपा भएको भन्दै प्रचण्ड ,माधब समुहको भ्रममा नपर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरू जनार्दन खनाल ,पिताम्बर भुसाल ,तिलक मिश्र,सालिकराम आचार्य,लिलबहादुर बि।क।,दिपा पोख्रेल ,पुतला खनाल,गंगाराम खनाल ,विष्णु पोख्रेल लगायतले मन्तव्य राख्दै आसन्न निर्वाचनमा केपी ओलि नेतृत्वको नेकपाले भारी बहुमत ल्याउने बताउनुभयो ।
कार्यक्रम खनमा खिमानन्द खनालको अध्यक्षता,सरस्वती खनालको स्वागत मन्तव्य र बलाराम भुसालको संचालन तथा खनदहमा वीरबहादुर के।सी। को अध्यक्षता र गुणानिधि पोख्रेलको संचालनमा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close