छत्रदेव गाउँपालिकामा क्षयरोग मुक्त घोषणा गर्न वडा स्तरीय समिति गठन

सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा क्षयरोग मुक्त नेपाल घोषणा अभियान अन्तर्गत वडा स्तरीय समिति गठन साथै वडा स्तरीय सूक्ष्मयोजना निर्माण गर्ने कार्य सम्पन्न भएको छ ।

गाउँपालिकाका ८ वटै वडामा सम्पन्न गरिएको बताएको छ ।छत्रगञ्ज स्वास्थ्य चौकीबाट गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ,उपाध्यक्ष मनी पन्थी, प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डे समेतको उपस्थितीमा उद्घाट गरिएको कार्यक्रम आज ठूलापोखरा स्वास्थ्य चौकीमा आएर सम्पन्न भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्वी राम न्यौपानेले जानकारी दिनुभयो ।

अभियान सफल पारी गाउँपालिकालाइ क्षयरोग मुक्त बनाउन गाउँपालिका स्तरीय समिति संगै वडास्तरीय समितिको मात्रै नभइ सिङ्गो समूदायको नै महत्वपूर्ण भूमिका हुने उहाँले बताउनुभयो ।

वडा स्तरमा तयार गरिएका सूक्ष्मयोजनाको प्रभावकारी कार्यन्वयनले नै गाउँपालिकालाई क्षयरोग मुक्त बनाउन सहयोग छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close