छत्रदेवमा पोलियो खोपविरुद्धको आइपिभी खोप पहिलो दिन ३सय बढी बालबालिकाले लगाए

सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिका पनि बालबालिकालाई पोलियो खोपविरुद्धको ‘आइपिभी’ खोप आजबाट सुरु भएको छ।गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाका १० वटा खोप केन्द्र मार्फत पहिले दिनमा खोप लगाइएको छ । गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले सार्वजनिक माविबाट खोपको उद्घाटन गर्नुभएको थियो ।

पहिलो दिनमा १सय२३ जना बालिका र १सय७८ जना गरी ३सय१ जना लक्षित बालबालिकालाई खोप लगाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्वी राम न्यौपानेले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मनी पन्थी, प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डे ,वडा नम्बर ५का वडा अध्यक्ष बालकृष्ण पोखरेल लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close