बाढीले मेलम्ची क्षेत्र तहसनहस,५० औँ जना बेपत्ता

काठमाण्डौ । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले ५० औँ जना बेपत्ता भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं सिन्धुपाल्चोकका सांसद शेर बहादुर तामाङले सामाजिक संजाल बाट जानकारी दिनुभएको छ ।

मन्त्री तामाङको भनाइ सामाजिक संजालमा यस्तो छ ।

मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएको, मेलम्ची खानेपानी ड्याममा समेत क्षति गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतबिक्षत बनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल सम्पूर्ण बगाएको छ । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्याएको छ । यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन हार्दिक अपिल गर्दछु । सरकारले आजै टेण्ट र खाध्यान्न जुन जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्छौं । स्थानीय जनतामा जसको घर बगाएको छ वहाँहरुलाई घर हुनेहरुले आश्रय दिनुहुन अपिल गर्दछु । अन्तरास्ट्रिय समुदायलाई यो बिपत्तिमा साथदिन अपिल गर्दछु । मलाई सम्पर्क गर्न 9851040821 मा गर्नुहोला । मेरो स्वकिय निर्मल बन्जारा 9851175310 हो स्थानीय प्रशासन र जनप्रतिनिधिहरुसंग प्रत्यक्ष सम्पर्कमा रहनुहोला । आजै निरिक्षण हुने जानकारी गराउँदछु । खोलाको बहाव झनझन बढिरहेकाले सप्तकोसीसम्मका बासिन्दहरुलाई सचेत र सुरक्षित रहन अपिल गर्दछु ।

May be an image of mountain, road and tree

May be an image of road

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close