अर्घाखाँची कांग्रेस संगठन सुधारमा जुट्यो

रुद्रमणि भुसाल, अर्घाखाँची । नेपाली कांग्रेस प्रदेशसभा क र ख अर्घाखाँचीको आयोजनामा संगठन सुदृढीकरण लागि बृहत अन्तरक्रिया कार्यक्रम बिपि स्मृति भबन सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेसको केन्द्र, प्रदेश, जिल्ला कार्य समिति र ६ वटा स्थानिय तहका सभापतिहरुको संयोजक तोकी ९ ओटा गुरुप बनाएर नेपाली कांग्रेसको अर्घाखाँचीको संगठनको अवस्था , जिल्लामा पार्टी कमजोर हुनुको कारण , भातृसंस्थाहरुको अवस्था ,जिल्लामा संगठन निर्माणमा बिभिन्न पदमा बसेका पार्टीका नेताले खेलेको भुमिका लगायतका बिषयमा घनिभुत छलफल गरि समुहको लिडरले छलफलमा समग्र उठेका बिषयको बारेमा तयार पारिएको प्रतिबेदन प्रस्तुत गरिएको थियो ।

प्रतिबेदन प्रस्तुत गर्ने समुह संयोजकले बिगतमा संगठन निर्माणमा जे जस्तो कमजोरी भएता पनि आगामी दिनमा वडा देखि जिल्ला र केन्द्रिय स्तरमा रहेका नेताहरुले सबै आरोप प्रत्याआरोप छाडेर एकजुट भएर पार्टीको संगठन निर्माणमा लाग्ने र पाटी नेतृत्वलाई पनि बदलिदो समय अनुसार कार्यकर्ताहरुको मन जितेर काम गर्न सुझाब दिएका थिए ।यसरी प्रतिबेदन प्रस्तुत गर्नेहरुमा नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य रेवति प्रसाद भुसाल , लुम्बिनी प्रदेशका सह(महामन्त्रि बिष्णु प्रसाद खनाल मुस्कान , जिल्ला सभापति केशब श्रेष्ठ , जिल्ला सह सचिब कमल पौडेल , सन्धिखर्क नगर सभापति बाबुराम भुसाल , सितगंगाका सभापति मोहन बेल्बासे , भुमिकास्थानका सभापति खडानन्द बेल्बासे , छत्रदेब गाउँपालिका सभापति सभापति प्रकास राज पन्थि, पाणिनी गाउँ पालिका सभापति तुल्सीराम न्योपाने , मालारानीका सभापति शोभाखर खनाल , सबै भातृ संगठनको तर्फबाट नेपाल प्रेस युनियनका सभापति लक्ष्मण घिमिरे लगायतले समुहमा उठेका संगाठानिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

सबै प्रतिबेदनको टिप्णीकारहरु अधिबक्ता जगन्नाथ भुसाल , प्रध्यापक रामलाल प्रराजुली , शिक्षक टोपलाल खनालले टिप्णी गरेको निचोड अधिबक्ता जगन्नाथ भुसालले प्रस्तुत गदै पाटीको गोपनियता कमजोर , संगठन ढाँचा पुरानै शैलीमा अगाडी बढ्नु ,पार्टीमा लामो समय सम्म योगदान गरेको कार्यकर्ताहरुको मुल्याङ्गकन नहुनुले पनि नेपाली कांग्रेस कमजोर हुदै गएको निष्कर्ष प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रम प्रदेश सभा १ क का सभापति राजेश पन्थिको सभापतित्व र प्रदेशसभा ख का सभापति हेमन्त बेल्बासेको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close