एमाले अर्घाखाँची अध्यक्षमा भुसाल र गैरेको चर्चा

सन्धिखर्क ।नेकपा एमाले अर्घाखाँचीको नंवौ जिल्ला अधिवेशनको लागि ६१वडामा प्रतिनिधि छनौट सम्पन्न भएको नेकपा एमाले अर्घाखाँचीले जनाएको छ ।प्रतिनिधी छनोट सँगै को कुन पदमा उठने भन्ने विषयमा चर्चा हुन थालेको छ । विशेष गरि अध्यक्ष पदमा पुन पिताम्बर भुसाल अध्यक्ष पदमा दाबेदार हुनुहुन्छ ।यस्तै युवा नेता प्रेमनारायण गैरे पनि अध्यक्ष पदमा दाबी हुने घोषणा गर्नुभएको छ । सातौ अधिवेशनमा चेतनारायण आचार्य अध्यक्ष निर्वाचित हुदा उप–सचिव पदमा गैरे निर्वाचित हुनुभएको थियो ।

सहमतीमा अध्यक्ष लगायतका पदाधीकारी छनोट गर्ने भनेता पनि सहमतीमा नेतृत्व चयन हुन नसकेमा निर्वाचन हुने छ ।नंवौ जिल्ला अधिवेशन यही जेष्ठ २६ र २७ गते सदरमुकामा सन्धिखर्कमा हुदै छ ।सबै वडा र शाखा कमिटीहरुले प्रतिनिधि चयन गरिएको छ ।
जिल्ला कमिटीका १०७ जना पदाधिकारी तथा सदस्यहरु स्वतः प्रतिनिधि हुने वैधानिक प्रावधान रहेको छ भने ६१ वटा वडाबाट ३सय६१ जना, ४ वटा शाखाबाट १५ जना र २१ वटा जनसंगठनबाट ८३ जना गरी जम्मा प्रतिनिधि संख्या ५सय६६ रहने छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close