भारतमा ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका पाँचजना नेपालीको मृत्यु

काठमाण्डौं ।भारतको कर्नाटक राज्यस्थित बेंग्लोरमा ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका पाँचजना नेपालीको मृत्यु भएको छ । नयाँदिल्लीस्थित नेपाली राजदूतावासका अनुसार बेंग्लोरस्थित यलहंका भन्ने ठाउँमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा बझाङ जयपृथ्वी नगरपालिका– ११ निवासी ३२ वर्षीय मदन बोहराको परिवारका पाँच सदस्यको मृत्यु भएको हो ।

भारतका लागि नेपाली राजदूत शंकर शर्माले घटनाबारे राजदूतावासले स्थानीय प्रहरीसँग समन्वय गरेको र नेपालमा परिवारका सदस्यलाई खबर पठाइएको बताए । ‘परिवारसँग खबर गरेका छौँ । सम्पर्कमा आइसकेका छैनन् ।

आएपछि के गर्न सकिन्छ, के पाउन सक्ने रहेछ, क्षतिपूर्तिको सन्दर्भमा दूतावासले पहल गर्छ,’ राजदूत शर्माले भने । मृतकको शव व्यवस्थापनमा बेंग्लोरस्थित नेपाली समुदाय र राजदूतावास मिलेर अगाडि बढ्ने उनको भनाइ छ । दूतावासका अनुसार ग्यास लिक हुँदा मृत्यु हुनेमा ३२ वर्षीय मदनका साथै उनकी पत्नी ३० वर्षीया प्रेमजला, छोरीहरू ११ वर्षीया निता र आठ वर्षीया अनिता तथा चार वर्षीय छोरा प्रशान्त रहेका छन।नयाँ पत्रिकाबाट साभार

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close