अफ्रिकी मुलुक मालीमा २५ वर्षीया महिलाले जन्माइन् ९ बच्चा

माली ।अफ्रिकी मुलुक मालीमा एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताईएको छ ।शल्यक्रियाबाट जन्मिएका सबै पाँच छोरी र चार छोरासहित आमाको अवस्था सामान्य रहेको विज्ञप्तिमा उल्लेख छ । अल्ट्रासाउण्डमा हालिमा सिसेको पेटभित्र सात वटा बच्चा रहेको देखिएको थियो ।

मालीको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म सबै नवजात शिशु र आमाको स्वास्थ्य अवस्था राम्रो छ।त्यस्तै चिकित्सहरुले एकै पटक नौ बच्चा जन्मिनु दुर्लभ घटना भएको तथा आमा र सबै बच्चालाई बचाउनु चुनौतीपूर्ण रहेको बताए ।
http://www.sante.gov.ml/index.php/actualites/item/6100-communique-du-ministere-de-la-sante-et-du-developpement-social-sur-l-accouchement-de-madame-halima-cisse

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close