अर्घाखाँचीको शितगंगामा ट्याक्सी दुर्घटना दुई घाईते

सबैको सन्देश /अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिकामा ट्याक्सी दुर्घटना हुदाँ २ जना सामान्य घाइते भएका छन ।नगरपालिकाको सानादह ४ नजिकै लु १ च २७६७ नम्बरको ट्याक्सी दुर्घटना भइ चालक र एक जना स्थानीय महिला घाइते भएको बताईएको छ ।चालक धुर्ब क्षेत्री सामन्य उपचार पछि घर फर्किएका छन ।भने ३० वर्षिय महिला सीता जिसीको स्थानिय मेडिकलमा उपचार भैरहेको जनाईएको छ ।ट्याक्सी सडक बाट १०० मिटर तल खसेको छ।
कमेन्ट गर्नुहोस !