थप ३ हजार १ सय ६७ जनामा कोरोना पुष्टि,१२ को मृत्यु

सबैको सन्देश/ काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १लाख २९ हजार ३ सय ४ पुगेको छ । यस्तै बितेको २४ घण्टामा १८ सय जना कोरोना संक्रमण निको भएसँगै कोरोनाबाट निको हुनेको संख्या ८९ हजार ८ सय ४० जना पुगेको मन्त्रालयले जनाएको छ । अब नेपालमा ३८ हजार ७ सय ३७ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै बितेको २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ७ सय २७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close