भूमिकास्थानको नुवाकोट र ढिकुराका पसलहरुमा अनुगमनः गुणस्तरिय सेवामा ध्यान दिन नगरपालिकाको अपिल

गोपाल प्रसाद भट्टराई ,अर्घाखाँची
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले बजार अनुगमनलाई तिब्र पारेको छ ।गत बैशाखमा धारापानी र असुरकोटका ५० वटा पसलमा अनुगमन गरेको भूमिकास्थानले अहिले नुवाकोट र ढिकुराका विभिन्न पसलहरुमा अनुगमन गरेकोहो । गत जेठ २३ गते बुधबार र २४ गते बिहिबार भूमिकास्थान ७ को कमलपोखरी,सेतीपोखरी, पाण्डाँडा वडा नम्बर ८ को च्यूरामाटी, सुर्सिङ र वडा नम्बर ९ ढिकुराको गैरागोठमा संचालित विभिन्न किसिमका ४८ वटा पसल तथा व्यवसायहरुमा अनुगमन गरिएको अनुगमन टोली संयोजक शंकर अधिकारीले जानकारी दिनुभएको छ ।यि क्षेत्रमा रहेका किराना पसल, एग्रोभेट, होटल, डेरी पसल सहित सबैखाले ब्यापारिक पसलहरुमा अनुगमन भएको हो । ३ वटा वडामा भएका ४८ वटा पसल अनुगमनको क्रममा भेटिएका म्याद नाघेका र लेभलिङ्ग नभएका करिब २५ हजार रुपैंया बराबरको सामान जफत गरी प्रहरी र सरोकारवालाको रोहबरमा नष्ट गरिएको नगरपालिकाले जनाएको छ ।

कतिपय पसल तथा कुटानी÷पिसानी मिल दर्ताबिनै संचालनमा ल्याएको, किराना पसलमा खाद्य र अखाद्य वस्तु एकै ठाउँमा राखिएको, मुल्य सुची नटाँसीएको,साइनबोर्ड नराखिएको पाइएको छ । यस्तै होटलहरुमा खानेकुरा नछोपिकन खुल्ला ठाउँमा राखिएको, सरसफाईमा ध्यान नदिइएको भेटिएपछि अनुगमन टोलीले सुझाव सहित प्रक्रिया पु¥याएर व्यवसाय संचालन गर्न ३५ दिनको समय तोकेको छ ।
अनुगमनको क्रममा व्यवसायी तथा उपभोक्ताहरुलाई खाद्य सचेतता र सावधानी अपनाउन भूमिकास्थानका प्रमुख प्रशासकिय अधिकृत जगदिशचन्द्र नेपालीले आग्रह गर्नुभएको छ । “उपभोक्ताले पनि सामान खरीद गर्दा सामान गुणस्तरको छ/छैन रु लेभलिङ्ग गरिएको छ÷छैन रु म्याद गुज्रिएको हो/होइन रु यस बारेमा ध्यान दिनुस, प्रमुख प्रशासकिय अधिकृत नेपालीले भन्नुभयो, व्यवसायीले पनि मापदण्ड अनुसार सेवा दिनेकुरामा सचेत हुनुस्,।”गुणस्तरहिन अखाद्य पदार्थको उपभोगले नागरिकहरु विभिन्न रोगको सिकार बनिरहेको भन्दै उहाँले मापदण्ड अनुसार प्रयोग योग्य सामान विक्रि बितरणमा
ध्यान दिन आग्रह गर्नुभएको छ ।

पहिलो पटक सम्झाई–बुझाई गरेपनि पटक–पटक गल्ती नसुधार्ने ब्यापारीलाई कार्बाही र जरिवाना तिराउने अभ्यास समेत अगाडि बढाइएको अनुगमन टोली संयोजक शंकर अधिकारीको भनाई छ ।
अनुगमन टोलीमा भूमिकास्थान नगरपालिकाको सहकारी तथा उद्योग शाखा प्रमुख तथा बजार अनुगमन निरिक्षण अधिकृत शंकर अधिकारी, प्रशासन शाखा प्रमुख तुल्सीप्रकाश गिरी, राजश्व शाखा प्रमुख जगत भुसाल, वडा नम्बर ९ का सचिव ज्योति पन्थी, वडा नम्बर ७ का सचिव प्रकाश नेपाली, चेम्बर अफ कमर्स नगर सचिव ज्ञान प्रसाद श्रेष्ठ, नगरस्तरिय उद्यम विकास सहजकर्ता बन्दना रावतर प्रहरी प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close