बुटवलको कोरोना विशेष अस्पतालमा एक संक्रमितको मृत्यु

बुटवल — रूपन्देहीको बुटवलको कोरोना विशेष अस्पतालमा आज बिहान एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा बुटवल–११ की ४४ वर्षीया महिलालाई हिजो स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गराइएको थियो ।परीक्षण पछि उनलाईकोरोना संक्रमण देखिएपछि कोरोना अस्पतालको भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । उपचारकै क्रममा बिहान ५ बजेर १० मिनेटमा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार ती महिलामा मधुमेहको समस्या थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close