आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तान अमेरिकासँग पराजित

काठमाण्डौं ।आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तान अमेरिकासँग सुपर ओभरमा पराजित भएको छ । डालासको ग्रान्ड पिएरे मैदानमा गएराति भएको खेलमा पाकिस्तान आयोजक अमेरिकासँग सुपर ओभरमा ५ रनले पराजित भएको हो ।

१ सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५९ रन बनायो। अन्तिम ओभरमा अमेरिकालाई जितको लागि ६ बलमा १५ रन चाहिँदा हरिस रौफले १४ रन खर्चिदै खेल बराबर गराएका थिए।सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले २० रनको लक्ष्य दिएको थियो । जवाफमा पाकिस्तान १४ रनमा समेटियो । पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ५९ रन बनाएको थियो ।टी–२० विश्वकपमा आज समूह ए का क्यानडा र आयरल्याण्ड खेल्दैछन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close