सजिता राईको आवाजमा सागर बरु बोलको कभर गीत सार्वजनिक

शक्ती महत /अर्घाखाँची ।
राम्रो गीतहरुका कभर गीतहरु गर्ने प्रचलन पछिल्लो समयमा निकै छ।राम्रो कला भएका कलाकारहरु पनि शुरूवातमा अरुका गीतहरुलाई कभर गीत बनाउदै सांगीतिक क्षेत्रमा प्रवेश गरेका छन् ।त्यसैगरी भर्खरै मात्रै पुरानो गीत सागर बरु सुकेर गैजाला बोलको गीतलाई सजिता राईले कभर गीत बनाएर आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरेकी छिन ।
यस ओर्जिनलमा सपनाश्रीको आवाज शब्द सिन्धु राना र संगीत रमेश चौधरीको रहेकोे छ।त्यसैगरि सजिताले कभर गरेको यस गीतमा उनै आफैले आवाज दिएकी छिन भने रि(एरेन्ज तेजेन्द्र दुराले गरेका हुन् ।कृष्ण लामिछानेले मिक्सिङ्ग गरेको गीत मंगलम रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको हो।
पूरा भिडियोको लागि
कमेन्ट गर्नुहोस !