हास्य कलाकार गजुरेलद्वारा पूर्व पत्नी मिना लाई कानुनी कारबाहीको तयारी

सबैको सन्देश /काठमाण्डौ ।
हास्य व्यङ्ग्य कलाकार मनोज गजुरेलकी पूर्व पत्नी मिना ढाकालले झुटा आरोप लगाएपछि गजुरेलले मिनालाई कानुनी कारबाही गर्नुहुने भएको छ ।पटक पटक गाली बेइज्जती गर्ने क्रम नरोकिएको भन्दै कानुनी उपचारमा जाने सामाजिक संजाल फेसबुकमार्फत् स्टाटस राख्दै चेतावनी दिनुभएको छ ।सम्बन्धबिच्छेद भएको तीन वर्षपछि अर्को विवाह गर्न लागेका गजुरेललाई पूर्व पत्नीले झुटा आरोप लगाएपछि गजुरेलले मिनालाई कानुनी कारबाही गर्ने तयारीमा लाग्नु भएको छ ।
पूर्वश्रीमतीको क्रियाकलापबाट आफ्नो चरित्र हत्या भएको र छोराछोरीलाई समेत असर पुर्याएको उहाँको भनाइ छ । डिभोर्सका बेला छोरा बाबुसँग र छोरी आमासँग बस्ने सहमति भए पनि डिभोर्सको ८ महिनापछि छोरी आमासँग बस्न नरुचाएर आफूसँग बस्न आएको उहाँले उल्लेख गर्नुभएको छ । मनोज गजुरेल र मिना ढकालबीच तीन वर्षअघि सम्बन्धविच्छेद भएको थियो ।
कमेन्ट गर्नुहोस !